ला लिगामा आज चार खेल हुँदै, बार्सिलोनाले हुएस्काविरुद्ध खेल्ने !

एजेन्सी, भदौ १७, स्पेनिस ला–लिगा अन्तर्गत तेस्रो साताको अन्तिम खेलहरुमा आज बार्सिलोना र हुएस्का भिड्ने भएका छन् । तेस्रो साताको अन्तिम चार खेलहरुमध्ये बार्सिलोना र हुएस्काले तेस्रो खेल खेल्ने भएका हुन् ।

बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा छ । उसले २ खेल खेलेकोमा दुई खेल नै जितेर ६ अंक बनाएको छ भने हुएस्काले दुईमध्ये एक खेलमा जित र एकमा बराबरी खेलेर छैटौं स्थान बनाएको छ ।

पहिलो खेलमा भ्यालेन्सिया र लेभान्टेबीच हुँदैछ भने दोस्रो खेलमा अलाभेस र स्पान्योल प्रतिस्पर्धामा छन् । यसैगरी तेस्रो खेलमा बार्सिलोनासँग हुएस्काले खेल्दा चौथो खेलमा रियल बेटिस र सेभिल्लाले खेल्नेछन् ।

आजको तालिकाः
भ्यालेन्सियाविरुद्ध लेभान्टेः समय दिउँसो ३ः४५ बजे

अलाभेसविरुद्ध स्पान्योलः राति ८ बजे

बार्सिलोनाविरुद्ध हुएस्काः राति १०ः१५ बजे

रियल बेटिस र सेभिल्लाः राति १२ः३० बजे

प्रतिक्रिया

Loading...