सन्दीप र ललित चम्किएपछि सिंगापुरद्वारा नेपाललाई १५२ रनको विजयी लक्ष्य

विराटनगर, भदौ १७
एसिया कप छनौटअन्तर्गत मलेसियामा जारी प्रतियोगितामा चौथो खेल खेलिरहेको नेपालले सिंगापुरबाट १ सय ५२ रनको चुनौती पाएको छ ।

टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमा समेटिएपछि नेपालले मध्यमस्तरको लक्ष्य पाएको हो ।

नेपालका लागि सन्दीप लामिछाने र ललित बिष्टले उत्कृष्ट बलिङ गरे । उनीहरूले समान ३–३ विकेट लिए ।

अब केहीबेरमा नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ ।

प्रतिक्रिया

Loading...