सिरी ए : रोनाल्डो सम्मिलित युभेन्टस र पार्माको भिडन्त आज राति

विराटनगर, भदौ १६
इटालियन सिरी ए लिग फुटबलमा आज तेस्रो हप्ताको खेल हुँदैछ । आज कूल दुई खेल हुनेछन् । एक खेलमा बोलोग्ना र इन्टर मिलान भिड्दा अर्को खेलमा गत वर्षको च्याम्पियन युभेन्टस र पार्मा भिड्दैछन् ।

रियल मड्रिड छाडेर हालसालै युभेन्टसमा अनुबन्ध भएका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टोलीले आज लिगको तेस्रो खेल खेल्दा यो खेल धेरैका लागि प्रतीक्षाको खेल हुनेछ । किनभने, लिगका दुई खेल खेलिसक्दा पनि नयाँ कलबमा रोनाल्डोले गोल गर्न सकेका छैन् ।

यसअघि रोनाल्डोले पहिलो खेलमा चिइभो र दोस्रो खेलमा लाजियोविरद्ध खेले पनि उनी गोलविहीन हुँदै आएका छन् । तसर्थ, रोनाल्डोले युभेन्टसको औपचारिक प्रतियोगितमाा पहिलो गोल गरेको खेल हेर्न थुप्रै घरेलु दर्शक प्रतीक्षामा हुनेछन् ।

आजको खेलमा रोनाल्डो टोलीमा परेका छन् । खेलअघिको पत्रकार सम्मेलनमा युभेन्टसका प्रशिक्षक एलेग्रीले रोनाल्डो टोलीमा रहने बताएका छन । आजको खेलमा आक्रमण लाइनमा रोनाल्डोलाई मान्डुज्कीले साथ दिने उनले बताएका छन् ।

युभेन्टस हाल २ खेलबाट शतप्रतिशत अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । समान २ खेल खेलेको नापोली समान ६ अंकसहति दोस्रो स्थानमा छ । ऊ गोलअन्तरमा युभेन्टसभन्दा पछि छ ।

खेल नेपाली समयअनुसार आज राति (आइतबार बिहान) १२ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Loading...