fbpx

मोबाइलको ब्याट्रीमा चार्ज नटिकेर हैरान हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस्

नवीन तुलाधर, एमडी ई–जोन मोबाइल, ताम्राकार कम्प्लेक्स

हामीले दैनिक प्रयोग गर्ने मोबाइलमा चार्ज नटिकेर हैरान हुने गर्छौं । खासमा मोबाइल कसरी चार्ज गर्ने, के–के कुरामा ध्यान दिन भन्ने कुरा ख्याल नगर्दा हामीले प्रयोग गर्ने मोबाइलमा ब्याट्री टिकिरहेको हुँदैन । यहाँ मोबाइलको ब्याट्री कसर चार्ज गर्ने भन्नेबारे चर्चा गरिएको छ ।

  • अहिले लोडसेडिङ छैन । त्यसैले मोबाइल राम्रोसँग चार्ज गर्नुपर्छ । सामान्यतया तीन घन्टा मोबाइल चार्ज गर्दा हुन्छ ।
  • लोडसेडिङ हुनेताका पावर बैंकबाट बढी मोबाइल चार्ज गर्ने प्रचलन थियो । यसो गर्दा ब्याट्री छोटो समयमै ड्यामेज हुने सम्भावना हुन्छ ।
  • जहिले पनि चार्जका लागि मोबाइल खरिद गर्दा लिएको चार्जर नै प्रयोग गर्नुपर्छ । या भनौँ उही कम्पनीको चार्जर प्रयोग गर्दा मोबाइल लामो समयसम्म टिक्छ ।
  • मोबाइल खरिद गरेको एक वर्षसम्म कम्पनीकै अथोराइज हुन्छ । या भनौँ ब्याट्री र चार्जरको वारेन्टी नै हुन्छ । बरु मोबाइललाई पानीबाट भने जोगाउनुपर्छ । पानीबाट नजोगिँदा ब्याट्री मात्र होइन, मोबाइल नै बिग्रने डर हुन्छ ।

प्रतिक्रिया

Loading...