मलेसियाविरुद्ध आरिफ र दीपेन्द्रको विष्फोटक ब्याटिङ, दुवैको अर्धशतक !

विराटनगर, भदौ १६
एसिसी कप छनौटमा आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ । वर्षाले प्रभावित भएपछि ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेटको क्षतिमा १ सय ८८ रन जोडेको थियो ।

त्यसक्रममा नेपालका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले मलेसियाविरुद्ध अर्धशतक पूरा गरे । ६० रन जोड्दा ५ विकेट पतन भइसकेको अवस्थामा क्रिजमा आएका उनीहरूले शतकीय साझेदारी गरेपछि नेपालले स्कोर उकासेको यिो ।

छैटौं विकेटका लागि आरिफ र दीपेन्द्रले मिलेर मिलेर ८७ बलबाट १०१ रनको साझेदारी गरे । त्यसक्रममा आरिफले सर्वाधिक धेरै ६४ रन जोडे । त्यस्तै, दीपेन्द्रले ५४ रनमा आउट भए । उनले ६ चौका र एक छक्का हाने ।

त्यस्तै, अनिल शाह १६, पारस खड्का १३, सुवास खकुरेल ९ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । सागर पुन शून्य रनमा आउट भए ।

प्रतिक्रिया

Loading...