विराट कोहलीले टेस्ट क्रिकेटमा पूरा गरे ६ हजार रन

एजेन्सी, भदौ १६
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो ६ हजार रन पूरा गरेका छन् । इंग्ल्यान्डविरुद्ध चौथो टेस्टमा आज ब्याटिङ गरेका उनले ६ हजार रनको कोसेढुंगा पार गरेका हुन् ।

जारी सिरिजमा उच्च लयमा रहेका कोहली यो टेस्टभन्दा पहिलो मात्रै ६ रनले पछि थिए । चौथो टेस्टको पहिलो पारीमा उनले ४६ रनको पारी खेलेपछि उनले ६ हजार रन पूरा गरेका हुन् ।

कोहलीले भारतको टोलीमा सन् २०१० मा जिम्बाब्बेविरुद्धको खेलबाट डेब्यु गरेका थिए । त्यसयता उनले ११९औं पारीमा ६ हजार रनको कोसेढुंगा पूरा गरेका हुन् ।

प्रतिक्रिया

Loading...