एसिया कप छनौट : नेपाल मलेसियाविरुद्ध खेल्दै, वर्षाले खेल सुरु हुन सकेन

काठमाडौं, भदौ १६
एसिया कप छनौटअन्तर्गत तेस्रो खेलमा नेपाल आज आयोजक मलेसियाविरुद्ध उत्रिँदैछ । खेल मलेसियाको बायुमास ओभल मैदानमा हुँदैछ ।

तर, नेपाली समयअनुसार आज बिहान सवा ७ बजेबाट खेल सुरु हुनुपर्ने भए पनि वर्षाका कारण यो समाचार बनाउँदासम्म खेल सुरु हुन सकेको छैन ।

प्रतियोगितामा नेपालले यसअघि खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपाल ओमनसँग र दोस्रो खेलमा युएईसँग हारेको थियो ।

नेपालले आज मलेसियालाई हराउँदै एसिया कप छनौटको फाइनलमा पुग्ने आशा जीवितै राख्न प्रयास गर्नेछ ।

प्रतिक्रिया

Loading...