‘यसपटक पनि च्याम्पियन्स लिग रियल मड्रिडले जित्छ’

एजेन्सी, भदौ १६
ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोे यसपटक पनि युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस रियल मड्रिडले नै जित्ने दाबी गरेका छन् । रियलका पूर्वखेलाडीसमेत रहेका रोनाल्डोले स्पेनिस मिडिया ‘माार्स’सँग कुरा गर्दै यस्तो बताएका हुन् ।

रोनाल्डोले रियल युरोपको फुटबलमा सदाबहार टोली रहेको बताउँदै ऊ च्याम्पियन्स लिगमा सधैं दाबेदार रहने बताए । ‘मेरा लागि त रियल मड्रिड च्याम्पियन्स लिग जित्न सधैं दाबेदार टिम हो,’ उनले भने, ‘यसपटक पनि रियलले यो उपाधि जित्न सक्छ ।’

अन्तर्वार्ताक्रममा रोनाल्डोले रियलको टोलीमा यसपटक क्रिस्टियानो रोनाल्डो नभए पनि टोलीमा अन्य क्षमतावान् खेलाडी रहेको बताए । ‘यसपटक रियलमा क्रिस्टियानो छैनन् । तर पनि, रियलमा एकसे एक खेलाडी छन्, उनीहरूले फेरि–फेरि पनि उपाधि जित्ने क्षमता राख्छन् ।’

रोनाल्डोले रियलले लगातार तेस्रोपटक तथा सर्वाधिक धेरै १३औं पटक यो उपाधि जितेर आफूलाई प्रमाणित गरिसकेको पनि बताए ।

त्यसैगरी, रोनाल्डोले यसपटक बार्सिलोना पनि च्याम्पियन्स लिगको दाबेदार टोली रहेको बताए । बार्सिलोनासँग अहिले स्टार खेलाडीदेखि क्षमतवान् युवा खेलाडी पनि भएकाले उनीहरू पनि उपाधि दाबेदार रहने उनले बताए ।

‘यसपट बार्सिलोना पनि युरोपियन उपाधिको बलियो दाबेदार टिम हो । किनभने, अहिले उनीहरूसँग मेस्सी र कोउटिन्होजस्ता खेलाडी छन्,’ उनले भने, ‘यसपटक साँच्चै उनीहरूसँग युवा खेलाडी छन् ।’

प्रतिक्रिया

Loading...