साफ च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश जाँदै

काठमाडौं, भदौ १५
नेपाली राष्ट्रिय फुटबल टोली आइतबार बंगलादेश जाने भएको छ । हालसालै एसियन फुटबलमा भाग लिएर फर्किएको नेपाली टोली ढाकामा हुने १०औं साफ च्याम्पियनसिप खेल्न त्यसतर्फ जान लागेको हो ।

एन्फाका प्रवक्ता किरण राईका अनुसार बंगलादेश जाने टोलीमा २९ सदस्य हुनेछन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले खेल्नेछन् ।

नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन् । समूह ‘बी मा भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ परेका छन् ।

साफ च्याम्पियनसिप खेल्ने नोपली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी रहेका छन् ।

त्यसैगरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनील बल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन् ।

प्रतियोगिता यही भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । नेपाली टोलीको नेतृत्व बालगोपाल महर्जनले गर्नेछन् ।

प्रतिक्रिया

Loading...