च्याम्पियन्स लिग ड्र : यी हुन् ‘ग्रुप अफ् डेथ’मा परेका टोली

कोशी अनलाइन
विराटनगर, भदौ १५
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र गत राति सार्वजनिक भएको छ । ३२ टोलीलाई विभिन्न ४ पटमा राखेर समूह विभाजन गरिएको थियो । ४ पटबाट ८ समूह विभाजन गरिएको छ ।

सार्वजनिक ड्रअनुसार ८ मध्ये ३ समूहलाई ग्रुप अफ् डेथका रूपमा हेरिएको छ । जसमा स्पेनिस बार्सिलोना र इंग्लिस क्लब टोटनह्याम परेको समूह ‘बी’, अर्को इंग्लिस क्लब लिभरपुल र फ्रेन्च क्लब पिएसजी परेको समूह ‘सी’ तथा इटालियन युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड परेको समूह ‘एच’ लाई प्रतियोगिताकै सबैभन्दा कठिन समूहका रूपमा हेरिएको छ ।

समूह ‘बी’ मा बार्सिलोना र टोटनह्यामसँगै नेदरल्यान्डस्को पिएसभी र इटालीको इन्टर मिलान पनि रहेको छ । यीमध्ये बार्सिलोना, टोटनह्याम र मिलानलाई उत्तिकै बलिया टिम मानिन्छन् ।

चार टोलीमध्ये राउन्ड ३२ बाट राउन १६ मा २ टोली मात्रै जाने हुँदा २ टोली समूह चणबाटै बिदा हुनुपर्छ । जसमा बार्सिलोना, टोटनह्याम र मिलान र पिएसभीमध्ये २ टोली अघि बढ्छन् भने २ टोली बदा हुन्छन् ।

यस समूहमा बार्सिलोना र टोटनह्यामलाई राउन्ड १६ मा पुग्न सक्ने सम्भावित टोलीका रूपमा हेरिएको छ । तर, इटालीको बलियो टोली मिलानले बार्सिलोना र टोटनह्याम दुवैका लागि ठूलो चुनौती बन्न सक्छ । दुवै टोलीमध्ये कुनै एकको राउन्ड १६ पुग्ने सपना मिलानले टुटाइदिन सक्छ ।

समूह ‘सी’मा पिएसजी, लिभरपुल र नेपालीसँगै रेड स्टार बेलग्रेड रहेका छन् । यस समूहबाट लिभरपुल र पिएसजीलाई राउन्ड १६ मा पुग्ने टोलीका रूममा हेरिएको छ । तर, नेपाली यी दुवै टोलीका लागि चुनौती बन्ने देखिन्छ ।

लिभरपुल पछिल्लो समय उच्च लयमा छ । ऊ गत सिजन च्याम्पियन्स लिगको फाइनल खेलेको टोली हो । यस सिजन पनि उसले घरेलु लिगमा शानदार सुरुआत गरेको छ । यस्तो टोलीलाई पन्छाएर राउन्ड १६ मा स्थान बनाउन पिएसजीलाई सजिलो पक्कै हुनेछैन ।

तर, पिएसजीमा नेइमार एमबाप्पेजस्तो स्टार र बुफोनजस्ता अनुभवी गोलकिपर भएकाले उनीहरू पनि उपाधि दाबेदार टोली हुन् । तर, पिएसजी र लिभरपुल दुवैका लागि नेपोली तगारो बन्न सक्छ । लिभरपुल र पिएसजीले कुनै बेला गल्ती गरे त्यसको फाइदा नेपोलीले लिन सक्छ ।

पिएसजी गत सिजन राउन्ड १६ मा स्पेनिस रियल मड्रिडसँग दुवै लेग हार्दै आउट भएको थियो भने लिभरपुल फाइनलमा रियल मड्रिडसँगै हारेको थियो ।

त्यसैगरी, समूह ‘एच’ लाई पनि कडा समूह मानिएको छ । यस समूहमा इटालियन सिरी ए च्याम्पियन युभेन्टस, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब भ्यालेन्सिाय र स्वीट्जरल्यानडको योङ बोइज रहेका छन् ।

यस समूहबाट अन्तिम १६ मा जाने टोलीका रूपमा रियल र युनाइटेडलाई हेरिएको छ । तर, गत सिजन ला लिगामा शानदार प्रदर्शन गरेको भयालेन्सिया यी दुवै टोलीका लागि घातक बन्न सक्छ ।

प्रतिक्रिया

Loading...