बिमस्टेक सम्मेलन : सम्मेलनस्थल होटलमै विदेशी पाहुनालाई ‘रिट्रिट’ ! (हेर्नुस् तस्बिरमा)

काठमाडौं, भदौ १५
दुईदिने बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका राष्ट्र तथा सरकार प्रमुखलाई सम्मेलनस्थल सोल्टी होटलमा ‘रिट्रिट’ दिइएको छ ।

अध्यक्षको हैसियतमा नेपाल सरकारले आयोजना गरेको सम्मेलनस्थलमा शुक्रबार बिहान रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।

हिजोबाट सुरु भएको सम्मेलन आज घोषणापत्र जारी हुँदै सकिँदैछ । आजै अधिकांश विदेशी पाहुना फर्किंदैछन् ।

 

प्रतिक्रिया

Loading...