उत्कृष्ट गोलरक्षकको अवार्ड नाभासलाई

विराटनगर, भदौ १५
‘युइएफए बेस्ट गोलकिपर अफ् दि सिजन’को अवार्ड केलर नभासले जितेका छन् । स्पेनिस रियल मड्रिडका कोस्टारिएन गोलरक्षक नाभासले यो उपाधि जितेका हुन् ।

गत राति मोनाकोमा भएको एक भव्य समाराहेमा उनलाई यो अवार्ड प्रदान गरियो । गत वर्ष रियललाई लागतार तेस्रोपटक तथा समग्रमा १३औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउनेक्रममा नाभासले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

उनले युभेन्टस (हाल पिएसजी) का बुफोन र रोमा ( हाल लिभरपुल) का गोलरक्षक एलिसनलाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।

प्रतिक्रिया

Loading...