पिएसजीका यी स्टार खेलाडी भित्र्याउन मेस्सी र स्वारेजको बार्सिलोनालाई सुझाव

एजेन्सी, भदौ १४
फ्रेन्च क्लब पिएसजीले स्पेनिस बार्सिलोनाका स्टार मिडफिल्डर इभान राकिटिक भित्र्याउन चासो दिइरहँदा बार्सिालेनाका दुई सुपरस्टारले भने पिएसजीकै खेलाडी अनुबन्ध गर्न क्लबलाई सुझाव दिएका छन् । बार्सिलोनाका स्टारद्वय लिओनल मेस्सी र लुइस स्वारेजले पिएसजीका एक मिडफिल्डर अनुबन्ध गर्न क्लबलाई सुझाव दिएको खबर सार्वजनिक भएको छ ।

मेस्सी र स्वारेजले बार्सिलोनाको मिडफिल्डमा फिलिपे कोउटिन्होकै गतिमा खेल्न सक्ने खेलाडी क्लबले भित्र्याओस् भन्ने चाहेका छन् । उनीहरूले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न सुझाव दिएका छन् ।

एड्रिएन कोउटिन्हो र बाँकी मिडफिल्डरसँग समन्वय गर्न सक्ने भएकाले उनी बार्सिलोनाका लागि ठूलो हतियार हुन सक्ने बार्सिलोनाको बुझाइ रहेको छ ।

यसअघि बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पाउल पोग्बाप्रति चासो देखाएको थियो । तर, पोग्बालाई युनाइटेडले नेबच्ने बताएपछि बार्सिलोना उनको विकल्पमा पिएसजीका खेलाडीतर्फ लागेको देखिन्छ ।

बार्सिलोनाका ब्राजिलियन कोउटिन्हो मिडफिल्डबाट आक्रमण लाइनमा अघि बढ्ने भएकाले रक्षात्मक मिडफिल्डमा एक भरपर्दा खेलाडी बार्सिलोनाले भित्र्याउन चाहेको बताइएको छ ।

प्रतिक्रिया

Loading...