नेपाललाई दोस्रो झट्का, ज्ञानेन्द्रपछि कप्तान पारस आउट !

विराटनगर, भदौ १४
एसिया कप छनौट क्रिकेटअन्तर्गत युएईले दिएको २ सय ५५ रनको विजयी लक्ष्य पछ्याइरहेको नेपाललाई दोस्रो झट्का लागेको छ । नेपालको दोस्रो विकेट पतन भएको छ ।

कप्तान पारस खड्का १६ रन बनाएर आउट भएका हुन् । उनले ९ ओभरको पहिलो र दोस्रो बलमा लगातार चौका हानेका थिए । तर, लगत्तै तेस्रो बलमा उनी बदा भए ।

यसअघि नेपालले पहिलो ओभरमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएका थियो । उनी मात्रै ४ रन बजनाएर बिदा भए ।

पारस पनि आउट भएपछि नेपाली टोली दबाबमा आएको छ । एसिया कपमा छनौट हुन नेपालले आजको खेल अनिवार्य जित्नैपर्छ ।

प्रतिक्रिया

Loading...