नेपाललाई आठौं सफलता : सन्दीपले लिए एकै ओभरमा लगातार २ विकेट !

विराटनगर, भदौ १४
अहिले मलेसियामा जारी एसिसी एसिया कप छनौटअन्तर्गत आफ्नो दोस्रो खेलमा युएईविरूद्ध नेपाललाई आठौं सफलता मिलेको छ ।

टस जितेर पहिला फिल्डिङमा उत्रिएको नेपालका लागि सन्दीप लामिछानेले ४५औं ओभरमा लगातार २ विकेट लिए । उनले उक्त ओभरको चौथो र पाँचौं बलमा विकेट लिएका हुन् । यससँगै सन्दीपले यसै खेलमा मात्रै ४ विकेट लिइसकेका छन् ।

यसअघि नेपालका लागि यसअघि बसन्त रेग्मीले २ तथा सोमपाल कामीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया

Loading...