ट्रान्सफर विन्डो बन्द हुन लाग्दा बार्सिलोनाले आफ्ना फरवार्ड लोनमा बेच्यो

एजेन्सी, भदौ १४
टोलीमा पर्याप्त खेल्ने समय नपाएका स्पेनिस बार्सिलोनाका फरवार्ड पाको अल्कासेरले अन्ततः स्पेन छाडेका छन् । उनी लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका हुन् ।

२४ वर्षीय स्पेनिस खेलाडी पाको सन् २०१६ मा स्पेनकै अर्को क्लब भ्यालेन्सियाबाट ३० मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए ।

डर्टमुन्डले समाजिक सन्जाल ट्वीटरमा एक भिडियो पोस्ट गर्दै पाकोलाई अनुबन्ध गरेको घोषणा गरेको छ । क्लब छाडेपछि पाकोले नयाँ अनुभवका लागि आफू नयाँ क्लबमा गएको बताएका छन् । उनले भनेका छन्, ‘म डर्टमुन्ड र उनीहरूको अविश्वसनीय प्रशंसा बटुल्न यहाँ आएको हुँ ।’

सम्झौताअनुसार बार्सिलोनाले १ वर्षपछि पाकोलाई पुनः फिर्ता बोलाउन पाउने छ । पाकोले बार्सिलोनाबाट ला लिगाका दुई सिजनका ३७ खेल खेल्दै १० आफ्नो नाममा लेखाएका छन् ।

प्रतिक्रिया

Loading...