नेपाललाई दोस्रो सफलता, बसन्त र सन्दीपले लगातार लिए विकेट

विराटनगर, भदौ १४
मलेसियामा जारी एसिसी एसिया कप छनौट क्रिकेटअन्तर्गत अहिले नेपाल युएईसँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।

१३औं ओभरको पहिलो बलमा बसन्त रेग्मीले युएईको पहिलो विकेट पतन गराएका छन् । त्यस्तै, १४औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्ताफालाई बिदा गरेका छन ।

युएईका लागि ४५ रन बनाएर खेलिरहेका अस्फाक अहमदलाई सन्दीपले एलबिएब्लुको धरापमा पारे ।

प्रतिक्रिया

Loading...