एसिया कप छनौट : नेपाल युएइविरूद्ध खेल्दै, नेपालले टस जितेर फिल्डिङ रोज्यो

विराटनगर, भदौ १४
मलेसियामा भइरहेको एसिसी एसिया कप छनौट क्रिकेटमा नेपालले आज युएईसँग खेल्दैछ । मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा हुने खेलमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिङको निम्तो दिएको छ ।

पहिलो खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएकोमा आज नेपाली टोली पहिलो जितेको खोजीमा हुनेछ ।

यता, आज नेपालसँग भिड्न लागेको युएईले पहिलो खेलमा सिंगापुरमाथि फराकिलो जित निकालेको थियो । एसिया कपको छनौटको ढोका खुलै राख्न आज नेपालमाथि जित्नैपर्ने दबाब हुनेछ ।

नेपाल र युएई हालसम्म १४ पटक आमने सामने भएका छन् । जसमा नेपाले मात्रै ३ खेल जितेर १० खेल हारेको छ । एक खेल बराबर भएको थियो ।

प्रतिक्रिया

Loading...