विराटनगरमा सुरक्षा गार्ड हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन

0

कोशी अनलाइन
विराटनगर, भदौ ३, विराटनगरस्थित न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन गरिएको छ । गत आइतबार भएको विराट नर्सिङ होम नजिकै रहेको सो हार्डवेयरमा कार्यरत ५० वर्षीय टंक भट्टराईको हत्यामा संलग्नको पहिचान गरी कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।

सडकमा शव राखी प्रदर्शन गरेका कारण विराटनगर इटहरी सडक खण्ड केहीबेर अवरुद्ध बनेको थियो ।

विराटनगर ४ निवासी भट्टराई आइतबार बिहान आफू कार्यरत हार्डवेयरको पसलको कोठमामै मृत फेला परेका थिए । उनको देब्रे आँखा फुटाइएको र शरीरका विभिन्न भागमा चोटसमेत लागेको थियो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले दिएको जानकारी अनुसार विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । तर, आइतबार बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका हुन् ।

उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेको थिए । उनको शव शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो ।

माथि राखिएको इन्भरटर तल खसेकोबाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन । थापाका अनुसार यो हत्या नै भएको र यस घटनाबारे अनुसन्धान भइरहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW