सभापोखरीबाट फर्किने क्रममा तीर्थयात्रीको मृत्यु

0

कोशी अनलाइन
बाबुराम बास्तोला
संखुवासभा, भदौ ४, संखुवासभाको धार्मिक तथा पर्यटकीय स्थल सभापोखरीबाट फर्किने क्रममा एक तीर्थयात्रीको मृत्यु भएको छ । पोखरीमा पूजा गरेर फर्किएका पाँचखपन नगरपालिका–८ चुङखुरुङ आहालेका हर्कबहादुर न्यौपानेको शनिबार बाटोमा मृत्यु भएको स्थानीयले बताए ।

न्यौपानेसहित ८ जना साउन २८ गते सभापोखरी गएका थिए । नागपञ्चमीका दिन सभापोखरीमा पुगेर पुजाआजा गरी फर्किएका उनीहरु मध्ये न्यौपाने चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए । बिरामी परेका न्यौपानेलाई घर ल्याउन नसकेपछी गोठमा राखिएको संगै गएका साथिहरुले बताए । शनिबार बिहान उद्धारका लागि १२ जना गएका थिए । लिएर फर्किने क्रममा तेर्से भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

जिल्लामा अन्य तीर्थस्थलमध्ये धार्मिक आस्थाका मुख्य केन्द्र मानिएको यस पोखरी जान निकै समस्या भएको तिर्थालुहरु बताउँछन् । शुक्रबार पनि सभापोखरीमा ३ जना बिरामी परेपछी हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । सभापोखरीमा नागपञ्चमीदेखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गरेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW