Rumpum Advertisement
Dazzu

‘धूम ४’ मा सलमानलाई रिप्लेश गर्दै शाहरुख खान फाइनल

‘धूम ४’ मा सलमानलाई रिप्लेश गर्दै शाहरुख खान फाइनल

कोशी अनलाइन
बलिउडका ‘धूम’ सिरिज दर्शक माझ निकै लोकप्रिय छन् । हालसम्म धूम फ्रेन्चाइजको ३ वटा फिल्म दर्शकमाझ आइसकेका छन् भने अहिले यसको चौथो संस्करणको पनि आउने क्रममा छ ।

जति चर्चा ‘धूम’ फिल्मको ३ वटा सिरिजको भएको थियो त्यो भन्दा धेरै चर्चा अहिले ‘धूम ४’ को भइरहेको छ । चर्चाको मूख्य विषय बनेका छन् अभिनेता सलमान खान र शाहरुख खान ।

फिल्म निर्माता आदित्य चोपडाले सलमान खानलाई यसअघि फिल्मका लागि साइन गराइसकेका भएपनि अहिले आएर मुख्य कलाकार परिवर्तन भएको छ ।

खबर अनुसार बलिउड अभिनेता शाहरुख खान ‘धुम ४’का लागि फाइनल भएका छन् । ‘रेस ३’ को लफडा पश्चात् निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ ।

साथै सलमानले यस चलचित्रको धूम ४ को नाफा मागेसँगै आदित्यले शाहरुखलाई फाइनल गरेका हुन् । चलचित्रमा शाहरुख भिलेनको भूमिकामा देखिँदैछन् ।

यो फिल्म सन् २०२० मा प्रदर्शन हुनेछ ।