आमिर र अमिताभको ‘ठग्स अफ हिन्दोस्तान’का लागि दुई लाख किलोका २ जहाजको निर्माण

0

कोशी अनलाइन
मुम्बई, भदौ ४, अभिनेता आमिर खान र ‘बिग बी’ अमिताभ बच्चनको बुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’लाई भव्य बनाउनका लागि यशराज फिल्म्सले हालसम्म बलिउडमै नदेखिएको काम गरेको छ ।

आमिर र अमिताभ स्टारर यो फिल्मका लागि बलिउडमै पहिलोपटक जहाज निर्माण गरिएको छ । यस मेगा एड्भेन्चर फिल्मका लागि २ लाख किलो भारी दूई ठूला हवाइजहाज निर्माण गरिएको हो । यी दुई जहाज निर्माण गर्न १ वर्ष भन्दा धेरै लागेको छ । अन्तर्राष्ट्रिज डिजाइनर र जहाज बनाउने मान्छेसहित एक हजार जनाको सहयोगमा यी दुई जहाज बनेको थिए ।

‘ठग्स अफ हिन्दोस्तान’मा समुन्द्र र जहाज फिल्मको एक अभिन्न हिस्सा हो । यसैपालीको तिहारमा प्रदर्शनमा आउने सो फिल्ममा आमिर र अमिताभका साथै कट्रिना कैफ र फातिमा सनाको पनि अभिनय रहेको छ ।

बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ का लागि बलिउड अभिनेता आमिर खानले आफ्नो नाक छेडेका छन् भने ‘बिग बी’ अमिताभ पनि यस फिल्ममा फरक अवतारमा देखिने भएका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW