प्रिमियर लिगमा आज लिभरपुल क्रिस्टल प्यालेससँग भिड्दै, जितेर शीर्षमा उक्लिने मौका

0

विराटनगर, भदौा ४
इंग्लिस प्रिमियर लिग फुटबलमा आज दोस्रो हप्ताको अन्तिम खेलमा लिभरपुल र क्रिस्टिल प्यालेस खेल्दैछन् ।

यसअघि भएको पहिलो खेलमा वेस्ट ह्यामलाई ४–० ले हराएको लिभरपुल आजको खेल जितेर शीर्ष स्थानमा उक्लिने दाउमा छ । यदि आज उसले क्रिस्टल प्यालेसलाई कम्तीमा ३ गोलको अन्तरमा हराए शीर्ष टोली म्यानचेस्टर सिटीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिने छ ।

क्रिस्टल प्यालेसले यसअघि आफ्नो पहिलो खेलमा फुलहामलाई २–० ले हराएको थियो । उसले आज बलियो टोली लिभरपुललाई आफ्नो घरमा भित्र्याउँदा जितको खोजीमा हुनेछ ।

हाल अंक तालिकामा गत वर्षको विजेता सिटी ६ अंकसहित शीर्ष स्थानमा हुँदा समान ६ अंकसहित चेल्सी दोस्रो स्थानमा छ ।

खेल नेपाली समयअनुसार आज राति (मंगलबार बिहान) १२ः४५ बजेदेखि सुरु हुनेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW