गर्मी बढेपछि विराटनगरका विद्यालयहरु सोमबार र मंगलबार विदा हुने

कोशी अनलाइन
विराटनगर, भदौ ३, अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालयहरु दुई दिन विदा हुने भएका छन् । विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयहरु सोमबार र मंगलबार विदा हुने भएका हुन् ।

विराटनगरको आज दिउँसोको तापक्रम (अक्युवेदर डट कम) बाट प्राप्त जानकारी अनुसार ४० डिग्री रहेको थियो । यद्यपी भोलि सोमबार र पर्सि मंगलबार भने ३३ डिग्री सेल्सियस हुने अनुमान गरिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थीहरु वेहोस हुन थालेका थिए । धेरै विद्यालयबाट यस्ता समस्या आएका कारण छुट्टि दिएको महानगरले जनाएको छ ।

Loading...