‘लैला मज्नु’को ट्रेलरमा यस्तो देखियो प्रेम जोडीको रोमान्स

0

एजेन्सी, साउन २६
निर्देशक इम्तियाज अलि तथा एकता कपुरद्वारा निर्मित ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ । अमर प्रेमका रूपमा परिचित हुँदै आएको ‘लैला मज्नु’ प्रेम कहानीलाई आधुनिक संस्करणमा ढालेर यो फिल्म निर्माण गरिएको बताइएको छ ।

फिल्मलाई साजिद अलिले निर्देशन गरेका छन् । यसै फिल्मबाट बलिउडमा दुई नयाँ कलाकारले पहिलोपटक पाइला टेक्दैछन् । ‘लैला’को भूमिकामा तृप्तिडिमरी तथा ‘मज्नुु’को भूमिकामा अविनाश तिवारीले यस फिल्ममा डेब्यु गर्ने भएका हुन् । सोही फिल्मबाट मीर सरवार पनि नयाँ अनुहारका रूपमा देखिनेछन् ।

यस फिल्मलाई आगामी ७ सेप्टेम्बरका लागि रिलिज मिति तोकिएको छ । फिल्मका निर्माताद्वय इम्तियाज र एकताले फिल्बाट आफूहरू अत्यन्त उत्साहित भएको धारणा राखेका छन् । उनीहरूका अनुसार फिल्म काश्मिरको राजनीतिक परिदृश्यमा आधारित हुनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW