‘नेइमार ढिलो–चाँडो रियल मड्रिड जान्छन्’

0

एजेन्सी, साउन २५
ब्राजिलका लिजेन्ड फुटबलर रिभाल्डोले आफ्नो देशका स्टार खेलाडी नेइमार ढिलो–चाँडो स्पेनिस रियल मड्रिड जाने बताएका छन् । बार्सिलोनाका लिजेन्ड खेलाडीसमेत रहेका रिभाल्डोेले नेइमार रियल जान उपयुक्त समयको पर्खाइमा रहेको बताएका हुन् ।

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि नेइमार रियल जाने चर्चा भए पनि उनले अन्तिम समयमा पिएसजीमै रहने बताएका थिए । त्यसपछि रियल तत्काललाई नेइमार भित्र्याउने दौडबाट पछि हटेको थियो ।

तर, नेइमार जुनसुकै बला पनि रियल मड्रिड जाने सम्भावना रहेको बताएका छन् । ‘यो बेला नेइमार पिएसजमै रहनु ठीक थियो, उनले त्यही गरे,’ रिभाल्डोले भनेका छन्, ‘तर, उनी कुनै नै कुनै दिन रियल जानेछन्, यसमा म ढुक्क छु ।’

नेइमार गत वर्ष बार्सिलोनाबाट २ सय २२ मिलयन युरोमा पिएसजी गएका थिए । यता, रियलका मुख्य खेलाडी रोनाल्डो हालसालै इटालियन युभेन्टसमा गइसकेका छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW