‘सलमान खान ल्याउँछु’ भन्दै करोडौं उठाएर ठगी गर्ने गुरुङ धेरौटीमा छुटेलगत्तै पक्राउ

0

काठमाडौं, साउन २५
भारतीय अभिनेता ‘सलमान खानलाई नेपाल ल्याउँछु’ भन्दै ठगी गरेको आरोप लागेका सीमान्त गुरुङलाई प्रहरीले फेरि पक्रेको छ । पक्राउ परेका उनीमाथि सलमानसहितका बलिउडका स्टारलाई नेपाल ल्याउने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

गुरुङलाई गत असार २९ गते महानगरीय प्रहरी अपराध महाशाखाले पहिलोपटक पक्रेको थियो । त्यसपछि प्रहरीले उनीमाथि ठगी मुद्दा चलाएपछि जिल्ला अदालत काठमाडौंले उनलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर, आदेश दिएलत्तगै गुरुङलाई महानगरीय प्रहरी परिसरको टोलीले बैंकिङ कसुरमा अदालत परिसरबाटै पक्रेको हो । १५ लाख रुपैयाँ धरौटी बुझाउन गएका गुरुङलाई बैंकिङ कसुरमा पुनः पक्रिएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डिएसपी मोहनकुमार थापाले बताए ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङविरुद्ध ९३ लाखको चेक बाउन्स दिएको भन्दै उजुरी परेको छ ।

गुरुङले गत वर्ष फागुन २६ गते काठमाडौंको टुंडिखेलमा सलमानलगायतका कलाकार ल्याएर विशेष शो गर्ने तयारी गरेका थिए । तर, पछि उक्त शो रोकिएको थियो । पछि जेठका लागि कार्यक्रम सारिए पनि सलमान जेठमा नेपाल आएनन् । सोही कार्यक्रमका लागि भनेर गुरुङले करिब ३ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप लागेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW