अब २० वर्ष नपुगी विवाह गरे ३ वर्ष कैद, शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने !

0

कोशी अनलाइन
विराटनगर, साउन २५, भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी अपराध संहिता एनका अनुसार पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह मानिने भएको छ ।

मुलुकी देवानी (संहिता) ऐन २०७४ मा पुरुषसँगको शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्तो महिला र पुरुषको स्वतः विवाह भएको मानिने उल्लेख गरिएको छ ।

तर यसमा दु्ई अवस्थामा भने स्वतः विवाह नमानिने पनि ऐनमा उल्लेख गरिएको छ । जबर्जस्ती करणीबाट बच्चा जन्मेकोमा र विवाह गर्न नहुने हाडनातामा करणीबाट शिशु जन्मेमा विवाह मानिदैन ।

यसैगरी मुलुकी अपराध संहितामा विवाह गर्ने उमेर २० वर्ष किटान गरिएको छ । यदि २० वर्षअघि विहे गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुनेछ । विहे गर्ने र गराउनेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनमा गरिएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW