कोर्टुवा ‘इन’ भएपछि रियल मड्रिडका गोलकिपर नाभास बाटो लाग्दै !

0

एजेन्सी, साउन २५
क्लबले नयाँ गोलरक्षक भित्र्याएपछि स्पेनिस रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छाड्ने संकेत गरेका छन् । रियलले हालसालै इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलरक्षक थिवाउट कार्टुवालाई ६ वर्षका लागि अनुबन्ध गरेको छ ।

रसिया विश्वपकमा उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका कोर्टुवाका लागि रियलले ३५ मिलियन खर्चिएको छ । पछिल्ला तीन सिजन रियललाई युरोपियन च्याम्यिन्स लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका नाभास बेर्नाबेउमा कोर्टुवाका आगमनपछि निराश छन् ।

नाभासले टिभी कार्यक्रम ‘ओन्डा सेरो’सँगको अन्तर्वार्ताक्रममा आफूले रियल छाड्न चाहेको बताएका छन् । यद्यपि, उनले आफ्नो अर्को गन्तव्यबारे भने केही बताएका छैनन् ।

अघिल्लो सिजनको नाभासको प्रदर्शन सन्तोषजनक रहेन । गत सिजन नै रयलले नाभासको विकल्प खोजे पनि इंग्लिस क्लब म्यानचेस्टर युनाइटडका स्पेनिस गोलरक्षक डि गेया भित्र्याउन नसकेपछि नाभासको रियलमा बसाइ लम्बिएको थियो ।

कोस्टारिकाका ३१ वर्षीय नाभास सन् २०१४ मा रियलमा लेभान्टेबाट अनुबन्ध भएका थिए । त्यसबेला उनका लागि रियलले १० मिलियन पाउन्ड खर्चिएको थियो ।

४ वर्ष रियलमा बिताउनेक्रममा नाभासले तीनपटक च्याम्पियन्स लिग जितेका छन् भने फिफा क्लब विश्वकप, युइएफए सुपर कप, स्पेनिस ला लिगा र स्पेनिस सुपर कप १–१ पटक जितेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW