गायकद्वय निमा रुम्बा र यश कुमार अशोज १२ गते हलमा, प्रियंकासँग भिड्ने तयारी!

0

कोशी अनलाइन
विराटनगर, साउन २५, अशोज १२ गते प्रर्दशन मिति तय गरिएको फिल्म ‘छिरिङ’को ‘तिमिले त माया’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा यश कुमार र विन्दु परियारको रहेको छ भने गायक निम्बा रुम्बा र नायिका कामना भुजेललाई फिचरिङ गरिएको छ ।

निर्देशन कथा कलाकार यश कुमारकै लेखनमा रहेको यस फिल्ममा सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको छ ।

गायकद्वय यश कुमार र निमा रुम्बाको मुख्य भूमिका रहेको चलचित्र ‘छिरिङ’ प्रियंका कार्की अभिनित फिल्म ‘कथा काठमाण्डु’सँग जुध्ने भएको छ । प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्जोग कोइराला, सन्ध्या केसी र प्रेक्ष्या अधिकारीको मुख्य भूमिका रहेको ‘कथा काठमाण्डु’ अशोज १२ गतेबाट आउँदैछ भने यशकुमारको निर्देशनमा रहेको यस फिल्म पनि सोही दिनकै लागि मिति तय गरिएको छ ।

यशका ‘छिरिङ’ भन्दा अगाडि ‘बाटो मुनीको फूल’ र ‘बाटो मुनिको फूल २’ दर्शकले अत्यधिक माया गरेका फिल्म हुन् । उनका आवाजमा रहेका गीतले पनि यश कुमारलाई प्रतिभावान गायकको रुपमा उभ्याएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW