‘ग्रीजम्यान नआएपछि’ बार्सिलोनामा कोटिन्होलाई ७ नम्बर जर्सी

0

एजेन्सी, साउन २५
गत जनवरीमा बार्सिलोनामा अनुबन्ध भएका स्टार मिडफिल्डर फिलिपे कोटिन्होलाई क्लबले ७ नम्बर जर्सी दिएको छ । १ सय ६२ मिलियन युरोमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना पुगेका उनलाई सुरुमा १४ नम्बर जर्सी दिइएको थियो ।

तर, क्लबले नयाँ सिजन २०१८÷१९ सुरु हुनु केही दिनअघि उनलाई ७ नम्बर जर्सी प्रदान गरेको हो । बार्सिलोनामा पहिला यो जर्सी टुरानले लगाउँथे । तर, उनी लोनमा टर्किस क्लबमा गएपछि उक्त जर्सी कोटिन्होलाई दिइएको हो ।

यसअघि बार्सिलोनाले ७ नम्बर जर्सी एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रीजम्यानका लागि साँचेको थियो । तर, उनी बार्सिलोना नआई मड्रिडमै बसेछि उक्त नम्बरको जर्सी कोटिन्होलाई लगाउने बाटो खुलेको हो ।

बार्सिलोनामा ७ नम्बर जर्सी यसअघि डेभिड भिल्ला, लुइस फिगोलगायत खेलाडीले लगाएका थिए । गत जनवरीमा क्याम्प नोउ आएका कोटिन्होले गत सिजन २२ खेलबाट १० गरेका छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW