नेपालले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

0

विराटनगर, साउन २५
एसियाली खेलकुदको तयारीमा रहेको नेपालले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । हाल १० दिने प्रक्षिणक्रममा थाइल्यान्डमा रहेको नेपालले आज त्यहाँको यु–२३ टोलीसँग दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।

यो खेल थाइल्यान्डको आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा हुनेछ । खेल दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ । यसअघि नेपालले थाइल्यान्डको पुलिस टेरोसँग भएको पहिलो मैत्रीपूर्ण खेलमा १–० ले हारेको थियो ।

नेपालका डिफन्डर आदित्य चोधरीले पहिलो हाफमा आफ्नै पोस्टमा गोल गरेपछि नेपाल पराजित भएको थियो ।

नेपाल अहिले एसियन गेम्स र साफ च्याम्पियनसिप तयारी निम्ति थाइल्यान्डमा छ । मैत्रीपूर्ण खेलपछि नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।

साउन २९ देखि हुने एसियाली खेलकुद इन्डोनेसियामा हुँदैछ । उक्त प्रतियोगितामा समूह ‘डी’ मा रहेको नेपालले आफ्नो समूहमा जापान, भियतनाम र पाकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो खेल साउन २९ मा जापानसँग खेल्दैछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW