प्रचण्डको भारत र चीन भ्रमणको मिति तोकियो, कुन देश जाँदैछन् पहिला ?
काठमाडौं, चैत २५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भारत र चीन भ्रमणको मिति टुंगो लागेको छ । पार्टी स्रोतले दिएको जानकारीअनुार प्रचण्डले भदौ २२ देखि २७ सम्म पहिला भारतको भ्रमण गर्नेछन् ।
भारतभ्रमण सकेपछि प्रचण्ड असोज १ मा साताव्यापी चीन भ्रमणका लागि बेइजिङ उड्नेछन् । तात्कालीलन एमाले र माओवादी औपचारिक रूपमा पार्टी एकीकरण भएपछि यो प्रचण्डको पहिलो राजनीतिक भ्रमण हुन लागेको हो ।
प्रचण्डको भ्रमण पहिला आफ्नो देशबाट गराउने विषयमा काठमाडौंस्थित भारतीय र चिनियाँ दूतावासले दौडधुप गरिरहेको खबर आइरहेका बेला प्रचण्डको पहिलो भ्रमण भारतबाट हुने पक्का भएको हो ।