इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजबाट, उद्घाटन खेलमा युनाइटेड र सिटी भिड्ने

0

विराटनगर, साउन २५
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । मैत्रीपूर्ण खेलहरू सकिएपछि आजबाट लिगको सिजन २०१८÷१९ आजबाट सुरु हुन लागेको हो ।

विश्वकै सबैभन्दा ठूलो लिग मानिने लिगको उद्घाटन खेलमै आज हेभिवेट टोली भिड्नेछन् । युनाइटेड गत सिजन दोस्रो स्थानमा रहँदै सिजन सकेको थियो भने लेस्टर सिटी नवौं स्थानमा थियो । सिटी तीन वर्षअघिको लिग च्याम्पियन टोली हो ।

युनाइटेड र सिटीको खेल नेपाली समय अनुसार आज राति पौने १२ः४५ बजेदेखि सुरु हुनेछ । खेल युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ ।

लिगमा पहिलो हप्ता कूल १० खेल हुँदैछन् । यसै हप्ता आर्सनल र म्यानचेस्टर सिटीको पनि भिडन्त हुनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW