क्यारेबियन कपमा सन्दीपको सनसनी : डेब्यु खेलमै २ विकेट, पहिलो बलमै विकेट !

0

विराटनगर, साउन २५
क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट प्रतियोगितामा नेपालका बलर सन्दीप लामिछानेले शानदार डेब्यु गरेका छन् । पहिलो खेलमै उनले २ विकेट लिएर आफ्नो डेब्यु शानदार र सम्झनलायक बनाए । त्यत्ति मात्रै हैन, उनले आफ्नो पहिलो बलमै विकेटसमेत लिए ।

यद्यपि, उक्त खेलमा सन्दीपको टोलीसेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स पराजित भएको छ । नेपाली समयअनुसार आज बिहान भएको खेलमा प्याट्रियट्सले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

जसमा कप्तान क्रिस गेलले विष्फोटक ब्याटिङ गर्दै ८६ रनको बनाएको खेलमा प्याट्रियट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रनको स्कोर बनाएको थियो ।

त्यसपछि जवाफी ब्याटिङमा आएको वारियर्सले शानदार खेलेको थियो । यता, दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सिपिएलको डेब्यु सम्झनलायक बनाए ।

सन्दीपले ज्यासन मोहम्मदको विकेट लएर सनसनी मच्चाए । जम्मा ४ ओभर बलिङ गरेका सन्दीपले मात्रै १२ रान खर्चिएर २ विकेट लिए, जुन निकै उच्चस्तरको प्रदर्शन हो ।

वेस्ट इन्डिजका यु–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले गजबको खेल खेले । उनको उच्च प्रदर्शनले क्रिस गेल र सन्दीप दुवै छायाँमा पारिदियो ।

सिम्रनले कूल ४५ बलमा ७९ रनको अविजित रन बनाउँदै वारियर्सलाई २१ बल हातमा छँदै ६ विकेटको शानदार जित दिलाए ।

खेलको म्यान अफ् दि म्याच बनेका सिम्रनले ४५ बलको सामना गर्दै ९ चौका र ४ छक्का हानेका थिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW