चन्दा आंतक मच्चाएकाले प्रकाण्डलाई पक्राउ गरियो : गृहमन्त्री

0

चितवन, साउन २५
दुई दिनअघि पक्राउ परेका विप्लव माओवादीका नेता तथा पार्टी पवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) बारे गहृमन्त्री रामबहादु थापा (बादल)ले मुख खोलेका छन् । प्रहरी तालिम केन्द्र भरपुरमा जुनिअर प्रहरी अधिकृतको दीक्षान्त सामारोहमा भाग लिने चितवन पुगेका उनले प्रकाण्डले चन्दा आतंक मच्चाएकाले पक्राउ गर्नुपरेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकासँग कुरा गर्दै गहृमन्त्री थापाले विप्लव अपराधमा संलग्न जो कोहीले कारबाही भोग्नुपर्ने बताए । पूर्वमन्त्रीसमेत रहेका विश्वकर्मालाई प्रहरीले मंगलबार राति काठमाडौंबाट पक्रेको थियो ।

उनको साथबाट बरामद भएका कागजातका आधारमा उनको पार्टीले ७ करोड रूपैयाँ चन्दा असुलेको देखिएको समेत प्रहरीले दाबी गरेको छ ।

अदालतबाट म्याद थपेर प्रहरीले विश्वकर्मामाथि थप अनुसन्धान थालेको छ ।

तात्कालीन माओवादी पार्टीमा थापा र विश्वकर्मा सँगै काम गर्थे । अहिले विश्वकर्मा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा संलग्न छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW