बोले गृहमन्त्री– ‘भक्तपुरमा इन्काउन्टर भएकै हो, नक्कली इन्काउन्टर होइन’

0

चितवन, साउन २४
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले भक्तपुर घटनामा प्रहरीले कुनै नक्कली इन्काउन्टर नरचेको बताएका छन् । उनले कुनै अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताउँदै उक्त घटनामा प्रहरीले साँच्चैकी इन्काउन्टर गरेको बताएका हुन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा मन्त्री थापाले मिडियामा प्रहरीले नक्कली इन्काउन्टर गरेको भनेर हल्ला मात्र चलाएको भन्दै त्यसको खण्डनसमेत गरे । ११ वर्षीय बालक निशान खड्काका अपहरणकारी इन्काउन्टरमै मारिएको गृहमन्त्री थापाको दाबी थियो ।

फेक इन्काउन्ट गरिएको भन्ने विषयमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री थापाले भने, ‘यो सरासर गलत हो, त्यहाँ इन्काउन्टर नै भएको हो । कुनै नाटक गरिएको होइन ।’

गृहमन्त्री थापाले अघि थपे, ‘२४ घन्टाभित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको छ, यो मुख्य कुरा हो ।’

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW