सिरहामा दिनदहाडै लुटियो २५ लाख

0

सिरहा, साउन २४
सिरहाको मिर्चैया नगरपालिका–३ मा दिउँसै लुटपाट भएको छ । बिहीबार दिउँसो लुटेराले स्थानीय मनी ट्रान्सफरका सञ्चालकबाट २५ लाख ६० हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ ।

कल्याणपुर नपा–११ मा सञ्चालनमा रहेको राजाराम सब–मनी ट्रान्सफरका सञ्चालक राजारामको साथबाट उक्त रकम लुटिएको हो । मिर्चैया–कल्याणपुर सडकखण्डमा दिउँसो १२ बजेतिर साह पैसा लिएर मोटरसाइकलमा ग्लोबल आइएमई बैंक मिर्चैयाबाट कल्याणपुरतर्फ जाँदै गर्दा बाटो ढुकेर बसेका लुटेराले उनलाई लुटेको प्रहरीले बताएको छ ।

पीडितका अनुसार ४ जना लुटेरा २ वटा मोटरसाइकलमा आएका थिए । मिर्चैयाका प्रहरी प्रमख डिएसपी दीपेन्द्र साहले घटनापछि लुटेको तीव्र रूपमा खोजी कार्य थालिएको जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW