भारतबाट हिँडेको रेल नेपाल आइपुग्यो !

0

जयनगर, साउन २४
पछिल्लो समय नेपालमा निकै चर्चित बनेको ‘रेलको कथा’ पूरा भएको छ । बुधबार भारतीय पक्षले जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको पहिलो परीक्षणस्वरूप रेल सञ्चालन गरेको छ ।

हाल धमाधम निर्माण कार्य भइरहेको उक्त रेलमार्गमा परीक्षणका रूपमा भारतको जयनगरदेखि कुर्थासम्म र जयनगरबाट खजुरीसम्म रेल सञ्चालन गरिएको हो । जसको दूरी ८.५ किलोमिटर रहेको छ ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख विनोद ओझाले दिएको जानकारी अनुसार भारतीय रेल सन्जालबाट जोडेर रेल खजुरीसम्म ल्याइएको हो । त्यसका लागि इन्जिन पनि भारतबाटै उपलब्ध गराइएको थियो ।

प्रमुख ओझाका अनुसार भारतीय रेल्वेकै चालक र प्राविधिकको अगुवाईमा १० किलोमिटर प्रतिघन्टाको गतिमा परीक्षण सञ्चालन गरिएको थियो । परीक्षण सफलतापूर्वक पूरा भएको छ ।

प्रमुख ओझाका अनुसार पहिलो चरणमा इन्जिन चलाएपछि दोस्रो चरणमा मालबोगीसमेत चलाएर परीक्षण गरिएको थियो । भारतीय सरकारले आगमी कात्तिकसम्म कुर्थासम्म रेल गुडाउने बताउँदै आएको छ ।

यतिबोल निर्माण भइरहेको ६९ किलोमिटरको ब्रोडगेज मार्गमध्ये करिब ३ किलोमितर भारतमा र बाँकी खण्ड नेपाली भूमिमा पर्छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW