‘इन्काउन्टर प्रकरण’ शंकास्पद भएपछि सरकार आफैंले छानबिन गर्ने !

0

कोशी अनलाइन
काठमाडौं, साउन २४, निशान खड्काको अपहरणपछि हत्या र इन्काउन्टर प्रकरण सरकारले छानबिन गर्ने भएको छ । गत सोमबार भक्तपुरमा प्रहरीको इन्काउन्टरमा परी दुई अपहरणकारी अजय तामाङ र गोपाल तामाङ मारिएका थिए । साथै त्यसको अघिल्लो दिन नै अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलाशा भयो ।

प्रहरीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको जनाएपनि स्थानीयबासीले उनीहरुलाई डेराबाटै प्रहरीले पक्राउ गरी हत्या गरेका बताएका थिए । यसपछि मृतकका आफन्तले प्रहरीले हत्या गरेको भनेर मानवअधिकारसमक्ष गएपछि यस घटना विवादमाा परेको थियो ।

प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भैरहेको छ ।

सो विवादित् घटनाबारे सरकारले छानबिन गर्ने गृहमन्त्री रामबहादुर थापाले बिताएका छन् । प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउन्टरबारे सरकारले छानविन गर्ने बताएका हुन् ।

उनले सो घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानबिनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता जनाएका हुन् ।
समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएकाले इन्काउन्टरको अवस्था सिर्जना हुनुको कारण बारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW