visit-nepal

छोराले बाबुको लासलाई करोडको कारमा हालेर गाडेपछि …..

एजेन्सी, साउन २४
हामीकहाँ मानिस मरेपछि लास जलाउँछौं कि त माटोमा गाड्छौं । लास गाड्दा शरीर नांगो बनाएर गाड्ने गरिन्छ । कुनै सुनचाँदी र धातु भए त्यो पनि निकालिन्छ ।

तर, अफ्रिकन देश नाइजेरियाका एक व्यक्तिले भने आफ्ना बाबुको लास कारभित्र हालेर गाडेका छन् । उनले मृत बुबाको लास बिएमडब्ल्यू कारभित्र राखेर गाडेका हुन् ।

जब कि, उक्त कारको मूल्य ९० हजार डलर (९७ लाख रुपैयाँ) रुपैया पर्छ । ती व्यक्तिलृ आफ्ना बाबुको अन्तिम दाहसंस्कार निकै महँगो कारमा हालेर गरेपछि उक्त घटना अहिले चर्चित बनिरहेको छ ।

खबरअनुसार अजुबुईकले आफ्ना वृद्ध बुबाको अन्तिम यात्रालाई सहज बनाउन विलासी गाडी खरिद गर्ने सोच बनाएका थिए । त्यसकारण यसका लागि उनले बिएमडब्ल्यु एक्सफाइभ किने । अनि बुबाको शवलाई त्यसभित्र हाले । करिब ६ फिट गहिरो चिहान खनेर तयार पारे ।

त्यसपछि मलामी गएका अन्य मानिसको सहयोगमा उनले कारलाई खनिएको खाडलमा पुरे । अहिले उनले कारलाई पुर्दै गरेको तस्बिर अनलाइनमा भाइरल भएको छ ।

उक्त घटना बाहिरिएपछि केहीले भने ती व्यक्तिले आफ्ना बुबाको सम्मान गरेको बताएका छन् भने केहीले भने उनको खालोचना पनि गरेका छन् । उनले मृत्युसँग सम्पत्ति जोडेर मजाक गरेको भन्दै सामाजिक सन्जालमा आलोचना भएको ाछ ।

‘तपाईंसँग पैसा छ भने आफ्नो अभिभावक जिउँदो हुँदा उनीहरूका लागि कार किन्नुहोस् । र, सभ्य कफिनमा अन्तिम संस्कार गर्नुहोस । यो एक मूर्खता र देखावटी हो,’ एक व्यक्तिले लेखेका छन् ।

प्रतिक्रिया

Loading...