‘बलात्कारीलाई फासी दे’ भन्दै झापाली महिला सडकमा उत्रिए

0

कोशी अनलाइन

झापा, साउन २४, महिलामाथि बढ्दो हिंसा र बलात्कारको विरोधमा झपाका महिला सडकमा उत्रिएका छन् । गत साउन १६ गते अर्जुनधाराकी चार वर्षीय बालिका बलात्कृत भएपछि झापाली ‘महिला बलात्कारीलाई फासी दे’ भन्दै विरोधमा उत्रिएका हुन् ।

झापाको बिर्तामोडमा स्वतस्र्फूत रुपमा महिला तथा पुरुषहरू सहभागी भएको हिंसाविरुद्धको र्यालीले ‘बलात्कारीलाई फासी दे, नारीको इज्जत गर्न सिकौं, नारी मोजमस्तिका साधन होइनन्, महिला हिसां अन्त्य गर, नायिक निकाय होशियार’ लगायतका नारासहित स्थानीय प्रहरी प्रशासन र न्यायिक निकायलाई समेत खबरदारी गरेको थियो ।

प्लेकार्डसहितको र्यालीले चर्को नाराबाजीका साथ बिर्तामोड परिक्रमा गरी मुक्ति चोकमा कोणसभामा परिणत भएको थियो । झापामा क्रियाशील एक दर्जन बढी महिला संघ संगठनमा आवद्ध महिला प्रतिनिधिहरूले देशमा बढिरहेको बलात्कारका घटनाको अन्त्य गर्दै दोषीलाई मृत्युदण्डको सजाय दिनुपर्ने कडा कानुन ल्याउन मागसमेत गरेका थिए ।

चार वर्षीया छिमेकी बालिका बलात्कार गरेको अभियोगमा झापा अर्जुनधारा –२ घर भएका १५ वर्षीय विजय गजमेर पक्राउ परेका थिए । साउन १६ गते दिउँसो अभियुक्तको घरमा खेल्न पुगेकी बालिकालाई घरमा कोही नभएको मौका छोपी गजमेरले बलात्कार गरेको उजुरी परेको थियो ।

प्रहरीले अभियुक्तको खोजी शुरु गरेपछि गजमेर फरार थिए । तर, प्रहरीले उनलाई समातेर जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW