मोरङमा स्कुल बस दुर्घटना : ३२ विद्यार्थी घाइते, ४ जना गम्भीर

0

विराटनगर, साउन २४
मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ मा एक स्कुल बस दुर्घटना भएको छ । नगरको वडा नम्बर ३ मा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् । तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।

उत्तरबाट दक्षिणतफ जाँदै गरेको बा १ ख ८००२ नम्बरको विद्यार्थी बोकेको बस पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलका विद्यार्थी बाकेर जाँदै गर्दा साँझ ५ बजे दुर्घटना भएको थियो । विद्यार्थी लिएर घर फर्किनेक्रममा बस दुर्घटनामा परेको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईंका अनुसार दुर्घटनामा परेकामध्ये पथरीशनिश्चरे–३ की १४ वर्षीया सन्ध्या बस्नेत, १२ वर्षीय रविन कार्की, १३ वर्षीय अनिष धिमाल र ९ वर्षीय साहिल अधिकारी गम्भीर रहेका छन् । उनीहरूको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

अन्य समान्य घाइते भएका विद्यार्थीको भने स्थानीय अस्पतालमै उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । घाइतेमध्ये सामान्य अवस्थाका २० जना विद्यार्थी भने घर फर्किसकेका छन् ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भएर सडकबाट धानखेतमा पल्टिएको थियो । स्कुल बस पल्टिएपछि तत्कालै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए ।

बस चालक ४४ वर्षीय प्रकाश गुरुङ दुर्घनटापछि फरार रहेकाले अहिले प्रहरीले उनको खोजी गरिरहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW