अझैं ओरालो लाग्यो रियाल, रिंगिट र दिर्हाम !

0

कोशी अनलाइन
विराटनगर, साउन २४, साउदीको रियाल, कतारी रियाल, मलेसियन रिंगेट र दुवईको दिर्हामको मुल्य अझै ओरालो लागेको छ ।

नेपाल राष्ट्रले आज तोकेको विनिमय दरअनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ २० पैसा र विक्रिदर २९ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०७ पैसा र विक्रिदर ३० रुपैयाँ २४ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८१ पैसा र विक्रिदर २९ रुपैयाँ ९७ पैसा तोकेको छ ।

सबैभन्दा शीर्ष स्थानमा कुवेती दिनार छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ३३ पैसा छ भने विक्रिदर ३ सय ६३ रुपैयाँ ३१ पैसा छ । यस्तै बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९५ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५४ पैसा रहेको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW