Rumpum

Rumpum Advertisement

यो हो गिनिज बुकमा नाम लेखाएको दुनियाँकै सबैभन्दा सानो टापु !

यो हो गिनिज बुकमा नाम लेखाएको दुनियाँकै सबैभन्दा सानो टापु !

एजेन्सी, साउन २३
दुनियाँमा धेरै ठूल्ठूला टापु छन् । त्यस्तै, निकै साना टापु पनि छन् । अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रियानजिकै एउटा सानो टापु छ । ‘जस्ट रुम इनफ’ नामको उक्त टापु संसारकै सबैभन्दा सानो टापु हो ।

खबरअनुसार उक्त टापुको आकार एउटा टेनिस कोर्ट बराबर मात्रै छ । त्यत्ति मात्रै हैन, उक्त टापुबारे अन्य केही रोचक कुरा पनि छन् ।

उक्त टापुमा केवल एउटा घर र एउटा रुख मात्रै छ । तैपनि, यसलाई टापुको नाम दिइएको छ । यो टापु घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको छ । यसको आकार र क्षेत्र पनि त्यत्ति नै हो ।

यो बताइएको छ कि, संसारका २ हजारभन्दा धेरै टापुमध्ये यो पनि एक टापुमा पर्छ । तर, यसको उति चर्चा भने छैन । ३ हजार ३ सय वर्गफिटमा फैलिएको छ । यो टापुको नाम संसारको सबैभन्दा सानो टापुको रूपमा गिनिज बुकमा नाम पनि लेखाएको छ ।

यो टापु पत्ता लाग्नुभन्दा पहिलो विसप रकलाई विश्वको सबैभन्दा सानो टापु मानिन्थ्यो । तर, विसप रकभन्दा जस्ट रुम इनफ आधाले मात्रै सानो रहेको बताइन्छ ।

सबैभन्दा सानो भनिएको यो टापुलाई यसअघि हब आइल्यान्डको नामले चिनिन्थ्यो । खबरमा यो उल्लेख गरिएको छ कि, सन् १९५० मा एक परिवारले उक्त टापु किनेका थिए । र, त्यहाँ सानो घरसमेत बनाएर एउटा रुख रोपेका थिए । समयक्रमसँगै त्यस टापुको नाम नै हब आइल्यान्डबाट बदलेर जस्ट रुम इनफ नामारण गरिएको हो ।

अहिले उक्त टापु गिनिज बुकमा त सूचीकृत भएको छ नै, सँगै उक्त क्षेत्र अहिले पर्यटकका लागि केन्द्रसमेत बनेको छ । उक्त क्षेत्रमा मानिस दैनिक ठूलो रकम खर्चेर घुम्नदेखि रात नै बिताउने गरी समेत जाने गर्छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ