विराटनगरको महेन्द्र मोरङमा अब ६ वटा नयाँ कार्यक्रमहरु थपिए !

0

कोशी अनलाइन
विराटनगर, साउन २२, त्रिभुवन विश्वविद्यालय भन्दा पहिले विराटनगरमा स्थापना भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा थप छ वटा नयाँ विषयहरु थपिने भएको छ ।

पूर्वाञ्चलको शैक्षिक धरोहरका रूपमा रहेको यस क्याम्पसले पुराना कार्यक्रमहरुका साथसाथै नयाँ छ वटा कार्यक्रमहरु ल्याएको क्याम्पस प्रमुख बाबुराम तिमिल्सेनाले कोशी अनलाइनलाई जानकारी दिए ।

यस क्याम्पसमा मानविकीतर्फ बी.एस.डब्लु र बी.सी.ए, विज्ञानतर्फ मेट्रोलोजी, बी.एस.सी. र सी.एस.आइ.टी र व्यवस्थापनतर्फ बी.आइ.एम.का कार्यक्रम आएका छन् भने बी.बी.ए.मा थप एक सेक्शन बी.पी.ए र बी.एडमा धमाधम भर्ना भइरहेको क्याम्पस प्रमुख तिमिल्सेनाले जानकारी दिए ।

राष्ट्रनिर्माणका लागि सक्षम राजनेता, कुशल प्रशासक, दक्ष व्यवस्थापक र युवा वैज्ञानिकहरु उत्पादन गरेको यस क्याम्पसले हाल मानविकी, व्यवस्थापन, विज्ञान, शिक्षालगायत कार्यक्रममा उत्कृष्ट नतिजाका साथ पठनपाठन गराइरहेको छ । पूर्वप्रधानमन्त्रीहरु मातृकाप्रसाद कोइराला, बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलगायतका राजनेताको संरक्षकत्व प्राप्त गरेको यस संस्थाले सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाईसमेत शिक्षा प्रदान गरेको गौरवपूर्ण इतिहास छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW