अशोकको आवाजमा रहेको ‘मन बिनाको धन’ चलचित्र ‘धुम ३’ मा समावेश गरिने

0

कोशी अनलाइन
विराटनगर, साउन २२, भाइरल व्वाई अशाक दर्जीले आवाज दिएर भाइरल भएको गीत ‘मन बिनाको धन’ बोलको गीत अब नेपाली चलचित्र ‘धुम ३’ समेत समावेश हुने भएको छ ।

नायक तथा निर्माता जयकिशन बस्नेतले पछिल्लोसमय निर्माण गरेर पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम ३’ मा सो गीतले स्थान पाउने भएको हो । बाल गायक अशोक र संगीतकार तथा गायक टंक बुढाथोकी पछिल्लो समय चर्चा र बिवाद दुवैमा छन् ।

गायक तथा संगीतकार दुबैको अनुमतिबिना निर्माता तथा नायक जयकिशनले यस गीतलाई आफ्नो फिल्ममा समावेश गर्न लागिएको बताइएको छ । साथै जयकिशनले आफूसँग गीतको अधिकार भएकोले अबको दुई दिनभित्र छायांकन गरी ‘धुम ३’ मा समावेश गर्ने जनाए ।

‘धुम ३’ अशोज ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW