visit-nepal

अब मान्छे १ सय ४० वर्षसम्म बाच्ने !

एजेन्सी, साउन २२
सामान्यतः एउटा स्वस्थ मानिसको आयु कति वर्षको होला ? ७०–८० । एकाध मानिस १०० वर्ष वा त्यो भन्दा पनि बढी बाँचेका छन् । तर, एक अध्ययने अबका केही दशकमै मानिसको आयु बढेर १ सय ४० वर्षसम्म पुने देखाएको छ । चिकित्सा क्षेत्रमा भइरहेको लगातारको विकास र परिवर्तनबाट यो कुरा सम्भव रहेको शोधकर्ताले दाबी गरेका छन् ।

केही समयअघि विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिन भनेर केही विशेषज्ञलाई डाकिएको थियो । उक्त बैठकक्रममा विश्वका विशेषज्ञहरूले प्रविधिको विकासक्रमसँगै अस्पतालको भूमिका अब केवल इमर्जेन्सी कक्षको रूपमा मात्रै रहन सक्ने दाबी गरेका छन् ।

सो बैठकक्रममा चर्चित कम्पनी माइक्रोसफ्टका सिइओ सत्या नाडेलाले डिजिटल प्रविधिमा आधारित चौथो औद्योगिक क्रान्तिले चिकित्सा क्षेत्रमा कायापलट ल्याउने र रोगको सर्वोत्तम उपचार खोज्नेक्रममा अहिलेका सेवा र समाधान निकै पछाडि पर्ने बताएका छन् ।

विशेषज्ञका अनुसार केही दशकभित्रै मानिस १ सय ४० वर्षसम्म बाँच्न सक्नेछन् । त्यस्तो बेला भएका अस्पताल केवल आकस्मिक कक्ष मात्रै रहनेछन् । जहाँ मानिसले साना रोगको उपचार आफैं गर्न सक्षम हुनेछन् ।

त्यस्तै, सो बैठका नोकिया कर्पोरेसनका सिइओ राजीव सुरीले पूराना रोग अहिले विश्वका मृत्युको मुख्य कारण रहेको औंल्याउँदै ती नै रोगबाट करिब ६० प्रतिशत मनिसको ज्यान जाने गरेको बताएका थिए ।

अबको केही दशकपछि त्यस्ता धेरै रोगको शीघ्र रोकथाम गर्न सकिन्छ । र, त्यसबाट मानिसको आयु बढ्नेछ ।

प्रतिक्रिया

Loading...