आर्थिक अनुशासनमा ध्यान नदिँदा दमक क्याम्पस करौडौं ऋणमा

0

कोशी अनलाइन
साउन २१, दमक, दमक बहुमुखी क्याम्पस ५ वर्षयता ऋण लिएर चलिरहेको खुलासा भएको छ । क्याम्पस प्रमुख उत्तम भट्टराईका अनुसार ऋण लिएको पैसाले नै क्याम्पसले प्राध्यापक तथा कर्मचारीको तलब र उत्पादनमा भएको खर्च धानिरहेको बताएका छन् ।

५ वर्षदेखि नै आर्थिक अनुशासनमा ध्यान नदिँदा दमक बहुमुखी क्याम्पस करोडौं रुपैयाँ ऋणमा छ । गत शनिबार भएको सातौं क्याम्पस सभामा क्याम्पस ३ करोड ५१ लाख ८४ हजार ५ सय ४० रुपैयाँ ऋणमा परेको प्रतिवेदन पेस भएको थियो ।

गुणस्तर र स्तरीयता (क्यूएए) प्रमाणपत्र प्राप्त यस दमक क्याम्पस आम्दानीको स्रोत व्यवस्थापन गर्न नसके केही वर्षपछि नै बन्द हुनसक्ने अवस्था रहेको औल्याइएको छ ।

विश्वविद्यालयबाट नियमित र विशेष अनुदान पाउँदै आए पनि क्याम्पस आर्थिक संकटका कारण बन्द हुन सक्ने अवस्थामा पुगेको छ ।

गत असार ३१ गते पूर्वसञ्चालक समिति अध्यक्ष इन्द्रबहादुर बुढाथोकी संयोजकत्वमा आर्थिक, प्रशासनिक सुधार तथा व्यवस्थापन सुझाव उपसमिति गठन गरेको थियो । सो समितिले बुझाएको प्रतिवेदनअनुसार क्याम्पसले आव ०७४/७५ को अन्त्यसम्ममा प्राध्यापक र कर्मचारीलाई तीन महिनाको तलब र अतिरिक्त समयको पारिश्रमिकबापत एक करोड १४ लाख ८४ हजार ५ सय ४० रुपैयाँ भुक्तानी दिनुपर्ने छ ।

प्रतिवेदनमा विद्यार्थी कल्याणकोषबाट ५० लाख र प्राध्यापक–कर्मचारी कल्याण कोषबाट ९० लाख ऋण लिएको उल्लेख छ । यसैगरी अवकाशप्राप्त प्राध्यापकलाई उपदानबापत ९७ लाख भुक्तानी दिन बाँकी छ ।

आव ०७३/७४ मा ५ करोड १८ लाख ८२ हजार ८ सय ६० रुपैयाँ आम्दानी भएकोमा ६ करोड १६ लाख ९० हजार १४ रुपैयाँ खर्च भएको र उक्त वर्ष क्याम्पस ९८ लाख ७ हजार एक सय ५४ रुपैयाँ ऋणमा परेको प्रतिवेदनमा उल्लेख छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW