इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तीमा ८२ को मृत्यु्, सयौं घाइते

0

बिबिसी, साउन २१
इन्डोनेसियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ८२ जनाको ज्यान गएको छ । त्यहाँको लोम्बोक आइल्यान्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्प गएको थियो । जसका कारण कम्तीमा ८२ जनाको ज्यान गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार आइतबारको भूकम्पले लोम्बोकको १० किलोमिटर उत्तरतिर केन्द्रविन्दु बनाएको थियो । त्यसक्रममा सयौं मानिस घाइते भएका छन् । भूकम्पका कारण हजारौं घर भत्किएका छन् । विद्युत् आपूर्ति बन्द छ भने सडक छिन्नभिन्न भएको छ ।

लोम्बोकको छिमेकी आइल्यान्ड बालीमा पनि भूकम्पको धक्का महसुस भएको छ । बाली टापुका मानिस चिच्याउँदै घरबाट भागिरहेको दृश्य भिडिओ फुटेजमा देखिन्छ ।

भूकम्पलगत्तै उक्त क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको थियो । तर, केही घन्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

एक सताअघि मात्रै (जुलाई २९) मा लोम्बोक आइल्यान्ड केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW